काम गर्ने कम्पनीले आबेदन गर्ने बसोबास योग्यता अनुसार फरक हुन्छ
① 「प्रोफेसर」को बसोबास योग्यता बिश्वविद्यालय र यस संग सम्बधित संस्थान वा उच्च माध्यामिक बिद्यालयमा अनुसन्धान, अनुसन्धानको लागि प्रशिक्षण वा अध्यापन गर्ने क्रियाकलाप
② 「शिक्षक」को बसोबास योग्यता निम्न माध्यमिक, माध्यमिक, उच्च माध्यामिक, बिशेष सहायता बिद्यालय, ब्यबसायिक बिद्यालय, बिबिध बिद्यालय वा त्यस संग सम्बन्धित भौतिक सामग्री, संगठन निर्माणमा सरिक भई उक्त शिक्षण संस्थामा भाषा प्रशिक्षकको रुपमा वा अन्य शैक्षिक संस्थानमा शिक्षकको रुपमा काम गर्ने क्रियाकलाप
③ 「इन्जिनियर」को बसोबास योग्यता कम्पनी आदिले संचालन गर्ने भाषा विद्यालयको प्रशिक्षक वा कम्पनी आदिमा कम्पनीको शिक्षाको एक भागको रुपमा काम गर्ने भाषा प्रशिक्षणको शिक्षकको रुपमा काम गरे भएमा
प्रत्येक बसोबास योग्यताको आबेदन प्रकियाको बारेमा, अध्यागमन विभागको होमपेजमा हेर्नुहोस् ।