बिदेशी नागरिकहरुको लागि जीबनयापन सम्बन्धी परामर्श सेवा ।

Select Language

बिदेशी नागरिकहरुको जीबनयापन संबन्धित सूचनाको जानाकारी / परामर्श

ओसाका प्रान्त बिदेशीहरुलाई परामर्श डेस्क |

सबै परामर्शहरु गोपनीय र निशुल्क हुनेछ ।

ओसाका प्रान्त बिदेशीहरुलाई परामर्श डेस्कमा(बहुभाषा) जापानिज भाषासमेत गरी११ वटा भाषाबाट जीबनयापन सम्बन्धी आबश्यक जानकारी लगायत अन्य फराकिलो दायरामा सूचना एबंम परामर्श सेवा उपलब्ध छ । तपाई आफै हाम्रो अफिसमा आएर , फोन गरेर , मेल या फ्याक्सबाट पनि आफ्नो समस्या राख्न सक्नुहुनेछ ।

त्यसैगरी प्रत्येक महिनाको चौथो हप्ताको आइतबार (अध्यागमन सबन्धी बिशेषज्ञ या वकिल) बाट निवास अनुमति तथा अन्य कानुनी परामर्श पनि लिन सकिन्छ । तर यसको लागि भने अगाडीनै हामीलाई जानकारी गराउनु पर्नेछ|

कृपया निर्धक्क भएर आफ्नो समस्या राख्नुहोस ।

भाषा
अंग्रेजी , चाइनिज , कोरियाली /उत्तरकोरियाली , पोर्चुगिज , स्पेनिस , भियतनामी , फिलिपिनी , थाई ,इन्डोनेशिया, नेपाली र जापानिज भाषा ।
अफिसखुल्ने समयतालिका
सोमबर र शुक्रबार बिहान ९ :०० बजे देखि बेलुका ८:०० बजे सम्म (सार्बजनिक बिदा बाहेक )।
मंगल /बुध र बिहिबार बिहान ९:०० बजे देखि साँझ ५:३० बजे सम्म (सार्बजनिक बिदा बाहेक यदि तपाईं ५:३० बजे पछि आउदै हुनुहुन्छ भने, कृपया अग्रिम जानकारी (योयाकु) गर्नुहोला।
प्रत्येक महिनाको दोस्रो र चौथो आइतबार दिउसो १:०० बजे देखि साँझ ५ बजे सम्म ।
सल्लाह लिन सकिने बिषय
निवास अनुमति , श्रम, रोजगारी , स्वास्थ्य , शिक्षा लगायत सामान्य जीबनयापन सबन्धी ।
बिशेषज्ञ बाट परामर्श लिने दिन र समय
त्येक महिनाको चौथो आइतबार ।निवासअनुमति सबन्धी बिशेषज्ञ या वकिलबाट परामर्श लिन सकिनेछ।
विदेशी नागरिकहरुको लागी श्रम परामर्श प्रत्येक महिनाको पहिलो र तेस्रो सोमवार
ओसाका आप्रवासन ब्यूरोको स्टाफसंग मिलेर मासिक परामर्श सेवाहरु प्रदान गर्दछ।
(नोट : यसको लागि अगाडीनै जानकारी गराउनु पर्नेछ ) 
स्थान/ ठेगाना
ओसाका फु कोकुसई कोउरियू जाईदान
ओसाका सी च्यु ओउ कु होन माची बाशी २-५ , माई दोमु ओसाका ५ औ तला
Google Maps
सम्पर्क नम्बर
०६ -६९४१ -२२९७
फ्याक्स नम्बर
०६-६९६६-२४०१ जापानिज र अंग्रेजीमा मात्र |
मेल
jouhou-c@ofix.or.jp जापानिज र अंग्रेजीमा मात्र |

ओसाकाको बसाई संबन्धित गाइड

ओसाकामा बस्ने विदेशीहरु को लागी जीबनयापन संबन्धित गाइड

11 भाषाहरु (10 2019 मा संशोधित)

११ भाषाहरुमा उपलब्ध छ
कृपया आफ्नो भाषा छान्नुहोस्।

PAGE TOP